• गृहपृष्ठ
  • मतान्तर बढाउँदै काठमाडौका मेयर उमेदवार बालेन, कसले कति पाए ?

मतान्तर बढाउँदै काठमाडौका मेयर उमेदवार बालेन, कसले कति पाए ?

May 16th, 2022

काठमाडौँ २ जेठ

काठमाडौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राख्दै ८ हजार २ सय ४८ मत पाएका छन्। यता नेकपा एमालेका केशव स्थापितले भने ४ हजार ३ सय ४२ मत ल्याएका छन् ।

बालेनभन्दा स्थापित तीन हजार ९०६ मतले पछाडि परेका छन् ।त्यस्तै तेस्रोमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार ७ सय ६ मत पाएकी छन्।

हालसम्म काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र दुईको मतगणना सकिएको छ भने ३,४,५,३१ र ३२ वडाको मतगणना कार्य भइरहेको छ।