• गृहपृष्ठ
  • ललितपुरको कोन्ज्योसोम गाउँपालिका अध्यक्षमा एमाले विजयी

ललितपुरको कोन्ज्योसोम गाउँपालिका अध्यक्षमा एमाले विजयी

May 16th, 2022

ललितपुर २ जेठ

ललितपुरको कोन्ज्योसोम गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले जितेका छन् । अध्यक्षमा एमाले उम्मेदवार कृष्णमान लामा ३ हजार १ सय ४ मतसहित विजयी भएका हुन् भने उपाध्यक्षमा नेपाली कांग्रेसका राजन प्रसाद घिमिरे ३ हजार २ सय २७ मतसहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

अध्यक्षका प्रत्याशी माओवादीका गोपि लाल सिंतान २५०९ मत प्राप्त गरेका छन्। यो पालिकामा ०७४को निर्वाचनमा माओवादी केन्द्र एक्लै विजयी भएको थियो।

अहिले सो गाउँपालिकामा भएका ५ मध्ये माओवादी केन्द्रले २, नेपाली कांग्रेसले २ र नेकपा एमालेले १ वडाध्यक्ष जितेको छ।