• गृहपृष्ठ
  • भारतीय प्रधानमन्त्रीको मोदीको लुम्बिनी भ्रमणका क्रममा के- के भए संझौता ?

भारतीय प्रधानमन्त्रीको मोदीको लुम्बिनी भ्रमणका क्रममा के- के भए संझौता ?

May 16th, 2022

काठमाडौँ २ जेठ

नेपाल र भारतबीच ६ बुँदे सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जेठ २ गते सोमबार भएको लुम्बिनी भ्रमणका क्रममा सो संझौता भएको हो ।


यस्ता छन् सम्झौताहरू

१. बौद्ध दर्शन अध्ययनका लागि डा.अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता ।

२. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता ।

३. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर)र काठमाडौँ विश्वविद्यालय (केयू) बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता ।

४. काठमाडौँ विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम)बीच सहयोगको सम्झौता ।

५. नेपालको काठमाडौँ विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) भारतबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गरिने ।

६( अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतलज जलविद्युत् लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनईए)बीच सम्झौता ।