• गृहपृष्ठ
  • केशव स्थापितलाई दोब्बर भन्दा बढि मतले पछि पार्दै बालेनको अग्रता कायमै

केशव स्थापितलाई दोब्बर भन्दा बढि मतले पछि पार्दै बालेनको अग्रता कायमै

May 16th, 2022

काठमाडौँ २ जेठ

महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राख्दै ७ हजार ८९ मत पाएका छन्। यता नेकपा एमालेका केशव स्थापितले भने ३ हजार ७ सय ४६ मत ल्याएका छन् ।
अहिलेसम्म भएको १७ हजार ५०० मतगणना सम्पन्न भएकोमा बालेनभन्दा स्थापित तीन हजार ३४३ मतले पछाडि परेका छन् ।त्यस्तै तेस्रोमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार ३ सय मत पाएकी छन्।

हालसम्म काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र दुईको मतगणना सकिएको छ भने ३,४,५,३१ र ३२ वडाको मतगणना कार्य भइरहेको छ।