• गृहपृष्ठ
  • सरकारी कर्मचारीलाई मोजमस्ती, जनतालाई सधैं सास्ती

सरकारी कर्मचारीलाई मोजमस्ती, जनतालाई सधैं सास्ती

May 16th, 2022

-उमेश थापा
काठ्माडौं,२ जेठ
सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर, आज सार्वजनिक बिदा भएपनि बाटोमा सरकारी गाडी गुडेको देखियो । इन्धनको खर्च घटाउने भनेर सरकारले गरेको निर्णयलाई साइडमा राखेर सरकारी कर्मचारी मोजमस्ती गर्न हिडेका छन् । आफ्नो परिवारजन बोकेर घुम्न निस्किएको देख्दादेख्दै पनि ट्राफिकले सरकारी गाडी रोकेर सोधपुछ गर्ने हिम्मत राख्दैन् । कानुनमा सार्वजनिक बिदाको दिनमा सरकारी गाडी चलाउन नपाउने भनेपनि कर्मचारीहरुले नियम उल्लङघन गरेको पाइन्छ । आजको मात्र नभई यसअघि पनि कर्मचारीहरुले पटकपटक सरकारी गाडीको दुरुपयोग गरेका छन् ।

रासन किन्नदेखि प्रेमिका भेटन्समेत सरकारी गाडी लिएर जान्छन् । भट्टी जान पप्यो भने पनि त्यही गाडीको प्रयोग हुन्छ । तर, गृहमन्त्री बालकृष्ण खाँण कर्मचारीको अगाडि टुलुटुलु हेरेर बसेका छन् । उनले केही गर्न सक्दैनन् भनेर कर्मचारीहरुले अटेरी गरेको हुन् । ट्राफिक महाशाखा पनि उनीहरुको अगाडि लम्पसार परेको छ । ट्राफिक प्रमुख कहाँबाट कमिशन आँउछ भनेर ढुकेर बसेका छन् । सरकारी कर्मचारीहरुले काम गरेवापत तलब खान्छन् अनि घुस पनि लिन्छन् । १० बजे हाजिर गर्नुपर्ने ठाँउमा १२ बजे पुग्छन् । हाजिर गर्नेबित्तिकै राजनितिक गफगाफ भुलिन्छन् । अनि घर फर्किन बेला भइहाल्छ, कति आनन्द ।

दिन कटानी र माना पचानी काम गर्छन् । कहिले घाममा कहिले शीतलमा गर्दै दिन बिताउछन् । क्यान्टिनमा खाजा खाने नाउँमा २ घण्टा बिताउँछन् । सरकारकै खर्चमा दिनभरि टेलिफोनमा आफन्तसंग गफिन्छन् । कामको साटो मोबाइलमा फेसबुक चलाएर बसेको भेटिन्छन् ।
कार्यालयको नयाँ सामान बिगार्छन्, अनि घरतिर दौडिन्छन् । जनताले तिरेको करबाट सित्तैमा तलबभत्ता खान पाएका छन् । कसैले करकाप नगने भएपछि जसको डर । जे गरेपनि आफ्नै मर्जी । सरकारी कार्यालयहरुमा दश हजारको सामान किन्यो भने बिस हजारको बिल पेश गर्छन् ।
कार्यालयमा बैठक बस्दा २० जना उपस्थित छन् भने ५० जनालाई खाजा मगाउँछन् । अनि बाँकी भएको घरतिर दौडिन्छन् । यता, जनताले तिरेको करबाट तलबभत्ता, पेन्सन खान्छन् । तर, त्यही जनतासँग राम्रो बोलीबचन र छिटोछरितो काम गर्दैनन् । पैसा पाए भने तुरुन्तै काम गर्छन् नपाए थन्काउछन् ।

जनताले तिरेको करबाट नै सरकारी कर्मचारीहरुले लुगा लगाएका हुन्छन् । जनतालाई नै काममा सैवा सुविधा दिनुपर्ने ठाउँमा जनतालाई नै ठग्छन् । जनताहरुले सरकारी कर्मचारीलाई भ्रष्टाचारी भनेर चिन्छन् । पैसा पाए भने नहुने काम पनि गर्ने र पैसा पाएन भने हुने काम पनि रोकिदिने जनता घाम वा पानी नभनी लाइनमा बस्नुपर्ने । तर, कर्मचारीहरु घण्टौ खाजा खाएर बस्छन् । बाथरुममा पनि तीन घण्टा लगाउछन् । सरकारी कर्मचारीहरु कैं कारण राज्यको ढुकुटीमा आउनुपर्ने राजश्व पनि आएन भने जनताको काम पनि छिटो भएन ।सरकारी कर्मचारी सुध्रिने हो भने जनताले पनि छिटो सेवा सुविधा पाउथे ।

यता व्यापारी वा जनतासँग मिलेर राज्यले पाउनुपर्ने राजश्वमा छलि गर्न सिकाउने त्यस बाट आफैं कमाउने । सरकारी कर्मचारीहरुको सम्पत्ति न त अख्तियार अनुसन्धान विभाग र सम्पत्ति शुद्दिकरणले नै छानबिन गर्छन् । यी दुई कार्यालयमा बस्ने प्रमुख पनि कर्मचारी नै हुन् । यिनिहरु चाहि चोखो छन् र ? जनताको नजरमा त यिनीहरु पनि भ्रष्टाचारी छन् । तर, जनताहरुरुले एक पेट खान पाउँदैन तर सरकारी कर्मचारीहरुको घर दिने पिच्छै मेवामिष्ठान्न पाक्छ । सरकारले यस्तै भ्रष्टाचारी कर्मचारीहरुको तलब बढाइदिन्छ उपचार गर्दा ५० प्रतिशत छुट बिमा पनि सरकारले नै गर्दिछ ।

सरकारी कर्मचारी देश विदेश घुम्छन् । नेपाली जनताहरु उपचार गर्ने पैसा नभएर बाटोमा मागेर खाना बाध्य छन् । सरकारी स्कुल नभएर गरिब जनताका छोरा छोरी पढ्न बाट वञ्चीत भएका छन् भने कतिपय दुर्गम जिल्लाहरुमा सुत्केरी हुँदा अस्पालत नभएर आमा र बच्चा दुवैको मुत्यु भएर परिवार लथालिङ्ग भएर वसिरहेका छन् । कयौँ जिल्लाहरुमा पुल नभएर खोलाबाट तर्दा मान्छेहरुलाई खोलाले भगाएर मुत्यसमेत भइरहेको छ । अर्थ मन्त्री जर्नादन शर्माले अस्पातल, पुल, स्कुल बनाउनको लागी बजेट छुटाउँदैन तर सरकारी गाडि किन्नको लागी अबौं रुपैंया छुटाउँछ र करौडौं पैसा गाडि बेच्ने कम्पनी सँग कमिसन खान्छन् ।

अर्थ मन्त्री जर्नादन शर्माको सम्पत्ति अख्तियार र सम्पत्ति सुढीकरण विभागले छानविन गर्ने आँट गर्दैन । एउटा दुई पाङ्गे्र सवारी साधनको तिनलाख र चार पाङ्ग्रेको तीन करोड पर्ने किनेको छ । गाडि बेच्ने कम्पनीहरु सँग कमिशन खानाको लागी चलिराखेका सरकारी गाडिहरुलाई थन्काउने, नबिगरेका गाडिहरुलाई पनि बिगप्यो भनि जहिले पनि यस्तै चलखेल गर्ने गर्दछन् । सरकारी गाडि चलाउने चालक र हाकिम २० लिटर तेलले पुग्ने ठाउँमा ७० लिटर तेल लाग्यो भनेर बिल बनाएर पैसा खाने गर्दछन् । सरकारी गाडि मर्मत गर्न आफुले चिनेको वर्कशपमा लिएर जान्छन् र त्यहाँबाट पनि बीस हजार खर्च भएकोमा दुई लाखको बिल बनाएर पेश गर्ने गर्दछन् । सरकारी गाडि चलाउने चालकले हाकिमलाई छोडेर गाडि आफनो घरमा लिएर जान्छन् र आफन्तलाई घुमाउने र सिकाउने काम गर्छ ।

सबै भन्दा बढि जनताले तिरेको कर सरकारी गाडि खरिदमा खर्च भइरहेको छ । सरकारी कर्मचारी कार्यालय हिँडेर आओस् वा सार्वजनिक सवारी साधन चढेर आओस् त्यो जनतालाई वा सरकारलाई मतलत नभएको कुरा हो । सरकारी गाडि बिहान घर बाट कार्यालय जाँदा वा कार्यालय बाट फर्किदा हाकिम र चालक मात्र गाडिमा हुन्छन् गाडि खाली हुन्छ तर यता बिरामी वा सुत्केरीहरुले सार्वजनिक सवारी कुरेर बसेको समय घण्टौं हुन्छ तर हाकिमको गाडिले बोक्न मान्दैन फेरि त्यही समयमा हाकिमको आफन्त कुरिरहेको छ भने तुरुन्त गाडिमा बस्ने व्यवस्था मिलाउँछ ।

जनता गाडि नपाएर कुरिरहकेका छन् सरकारी गाडिमा भने हाकिम चालक र उसका आफन्तहरुले मोजमस्ती गरिरहेका हुन्छन् । सरकारी कर्मचारी जनताको सेवा होइन जनताको शोषण गरिरहेका छन् । सरकारी कर्मचारी र राजनितिक दलका नेताहरुले गर्दा आज हाम्रो देशले विदेशीहरुसँग ऋण लिनुपरिरहेको छ जसले हाम्रो देशले अहिले आर्थिक सङ्कटमा भोग्नुपर्ने अवस्था देखिरहेको छ । सरकारी कर्मचारी र नेताहरुले व्यक्तिगत सम्पत्ति जोडेर मोज मस्ती गरे र आज नेपाली जनताको टाउको विदेशी ऋण भोकाइरहेका छन् । जनतामा पनि चेतना भएन सरकारी कर्मचारीको विरोधमा बोल्न सकेनन् र राजनितिक दलको झोला बोक्न छोडेनन् । सरकारले दुई दिन बिदा दिने घोषण गप्यो ।

बिदाको दिनमा पनि सरकारी गाडि चल्नमा रोक लगाईएको छैन । सरकारले खर्च कटौती गरेर अर्थतन्त्र बलियो बनाउन खोजे पनि सरकारी कर्मचारीमा भने सुधार आएको छैन । सरकारी कर्मचारीहरुले जनताको रगत चुसिरहेका छन् । कुनै टोल वा समाजमा जनता बिरामी भए भने सरकारी गाडिमा हालेर जनतालाई अस्पातल पुप्याईदैन तर आफनो श्रीमती हालेर ससुराली भने गइन्छ । सरकारी कर्मचारी हुने बित्तिकै म जस्तो ठुलो अरु कोही छैन भनेर घमण्ड गर्छन् । तर, हामी भन्दा ठुलो जनता हो भन्ने कुरा यिनिहरुले बिर्सिएका छन् । हिजो एउटा पिउनमा सरकारी जागिर खानेले अहिले काठमाडौंमा दुई देखि चार वटा सम्म घर छ जागिर ाट रिटार्यड भएपछि पनि करोड मुल्य पर्ने गाडी किनेर चढ्छन् ।

यस्ता कर्मचारीलाई पनि सरकारले पेन्शन दिन्छ । सरकारी कर्मचारी र नेताको पैसा नेपालमा मात्र नभई विदेशी बैंङकमा पनि छ भने अनुमान जनताले लगाउँछन् । जनताले सरकारी गाडी र पेन्शनमा रोक लगाउनु पर्छ भन्दा पनि सरकारले सुनर पनि नसुने झैं गरिरहेको छ । सरकारी कर्मचारीहरुले राजनितिक दलको झोला र सदस्यता लिएका छन् । कानुन अनुसार सरकारी कर्मचारीहरुले कुने पनि राजनितिक दलको सदस्यता लिन पाइदैन् । यता कर्मचारी संङगठन खोलेर जनताको काम गर्ने छोडेर राजनितिक र आनदोलन गर्ने । सरकारी कर्मचारीहरु सरकार परिर्वतन हुने बित्तिकै कतिको सरुवा हुने कतिको बढुवा हुने ।

कानुनमा एउटा कर्मचारी एउटा कार्यलयमा दुई बर्ष भन्दा बढि बस्न पाउँदैन त्यो कर्मचारीको त्यस कार्यलमा आम्दानी राम्रो छ भने राजनितिक दलसँग लबिङग गरेर वा माथिको हाकिमलाई पैसा दिएर १० बर्ष एकै ठाउँमा बसदिन्छन् । सरुवा वा बढुवा हुनु पर्यो भने राजनितिक ललको नेताको घरको ढोकामा पुग्ने नेताको आफन्त वा श्रीमतीहरु सँग आर्थिक चलखेल गरेर वा भन्सुन गरेर माथि पुग्छन् । जनता र राष्ट्रको काम गरेर माथि पुग्ने होईन सरकारी कर्मचारी ? चिप्ले घस्ने वा भन्सुन गरेर माथि पुग्ने हो । देशमा भ्रष्टचार न्यनिकरण गर्ने हो भने भुपु नेताहरुको सम्पत्तिको छानबिन गरेर राष्ट्रिकरण गर्ने यिनिहरुलाई लगेर जेल हाल्ने ।

विदेशी ऋण लिएर कर्मचारीहरुलाई तलब खुवाउने दिनको अन्तय गर्नुपर्छ । सरकारले कर्मचारीलाई मात्र सेवा सुविधा दिने तर जनतालाई महँगीको मारमा पार्न वा बेरोजागरी कनाईदिने । करारमा पनि आफन्तहरु लाई मात्र हाल्ने जति पढे पनि आफनो मान्छे भएन भने सरकारी जागीर खान नपनउने । गरिबका छोरा छोरीहरुले सरकारी जागीर खाने दिन कहिल्यो आउँला र भन्सुन गरेर जागीर खाने दिन कहिल्यो अन्त्य होला ।