• गृहपृष्ठ
  • अजिरकोट गाऊँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका देवकोटा र भुजेल निर्वाचित

अजिरकोट गाऊँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका देवकोटा र भुजेल निर्वाचित

May 16th, 2022

गोरखा,२ जेठ

अजिरकोट गाउँपालिकाको अध्यक्षमा दीपक देवकोटा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार देवकोटा अध्यक्षमा ३ हजार ७८७ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द्र गुरूङलाई ४९८ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । गुरूङले ३ हजार २८९ मत पाएका थिए ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकी उम्मेदवार अनिता भूजेलले ३ हजार ५३२ मतका साथ निर्वाचित भएकी छिन् । उनले कांग्रेसका उम्मेदवार इन्द्रा गुरूङलाई १७१ मतान्तरले पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । गुरूङले ३ हजार ३६१ मत ल्याएकी छिन् । देवकोटा २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका फणिन्द्र प्रसाद धितालसंग र भूजेल चन्द्रमाया गुरूङसंग पराजित भएकी थिए ।

को हुन् देवकोटा
वि सं २०३६ साल जेष्ठ १० गते साविक मुच्चोक गा.वि.स. वार्ड नं. २ (हालको अजिरकोट गाउँपालिका वडा न ५) मा बुवा ऋषिराम देवकोटा र आमा तिलकुमारीको कोखवाट जन्मिएका देवकोटा माओवादी केन्द्रको गण्डकी प्रदेश समिति सदस्य तथा अजिरकोट गाउँपालिका ईन्चार्ज हुन्।
देवकोटा ‘अनुप’ नामले पनि परिचित छन् । स्कूले जीवन देखि नै समाजिक न्याय र परिवर्तनको आन्दोलनमा सहभागी भएका देवकोटाले २०५१ सालमा अमर ज्योती जनता माद्यमिक विद्यालयमा अध्ययनरत छँदा अनेरास्ववियू (क्रान्तिकारी) को ईकाइ अध्यक्षबाट राजनैतिक जीवनको शुरुवात गरेका थिए ।

काठमाडौमा थुप्रैपटक जेल नेल यातना र हिरासत जिवन भोगेका उनी माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रहेका छन् । निर्वाचनमा पराजय भएतापनि उनी जनताको पक्षमा अहोरात्र खट्ने स्थापित नेता हुन् । अनेरास्ववियू (क्रान्तिकारी)को स्कूल इकाइ समिति अध्यक्ष, एरिया समिति र जिल्ला समितिका विभिन्न पदहरुमा आफ्नो भूमिका निर्वाह गर्दै वि.सं. २०५५ सालमा तत्कालीन ने.क.पा. (माओवादी) को सदस्यता प्राप्त गरी वि. सं. २०५५ सालदेखि पूर्णकालीन रुपमा जनयुद्धमा सहभागी भएका थिए ।

२०६९–७२ मा जिल्ला स्रेकेटरी तथा ७० मा जिल्ला काभ्रे, मकवानपूर, धादिङ, रामेछापको जिल्ला इच्चार्ज भएरका काम गरेका उनी शान्ति प्रकृयाको शुरुवात पश्चात पनि निरन्तर रुपमा गोरखा जिल्ला बाहिरका क्षेत्रमा रही जनताको सेवामा राजनैतिक कार्यकर्ताको रुपमा खटिएका थिए । सानैदेखि मेधावी छात्रको रुपमा परिचित देवकोटा लुईटेल विद्यालयबाट एसएलसि उत्तिर्ण गरी अमृत साइन्स क्याम्पस र रत्न राज्य क्याम्पस काठमाडौंबाट उच्च शिक्षा हासिल गरेका जेहेन्दार, इमान्दार र क्रान्तिकारी नेता हुन् । क्याम्प पढ्दा पढ्दै माओवादी आन्दोलनमा सहभागि भएर पूर्णकालिन बनेका देवकोटा जनयुद्धमा सञ्चालित रेडियो जनगणतन्त्रका समेत नेतृत्वदायी भुमिका निर्वाह गरेका युवा हुन् ।