• गृहपृष्ठ
  • गोदावरी नगरपालिकाका ६ वडामा काँग्रेसको जित

गोदावरी नगरपालिकाका ६ वडामा काँग्रेसको जित

May 16th, 2022

ललितपुर २ जेठ

ललितपुरको गोदावरी नगरपालिकाका १४ वडामध्ये हालसम्म भएका ६ वटा वडाका कांग्रेसको जित भएको छ । कांग्रेसबाट वडा अध्यक्षका उमेदवार श्रीराज थापा १ नम्बर वडामा अध्यक्ष निर्वाचित भए भने २ मा मनोहर सिलवाल विजयी भए । त्यस्तै ४ मा सानोभाइ नगरकोटी, ५ मा मिलन सिलवाल, ६ मा बिष्णुमान महर्जन र ७ मा मथुरा शर्मा बजगाँइ अध्यक्षमा निर्वाचित भएको हालसम्मको परिणामले वताएको छ ।

त्यस्तै वडा नम्बर ३ मा माओवादी केन्द्रका राज घिमिरे वडा अध्यक्ष निर्वाचित भए ।

यसअघि २०७४ को स्थानीय निर्वाचनमा एमालले जितेको वडा नम्बर २,३ र ४ मा अहिले कांग्रेस र माओवादीले जितेको छ ।