• गृहपृष्ठ
  • विजयी जुलससमा जादैं गरेको बस दुर्घटना, ३ को मृत्यु

विजयी जुलससमा जादैं गरेको बस दुर्घटना, ३ को मृत्यु

May 16th, 2022

काठमाडौं २ जेठ

दार्चुलामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। एमालेको विजयी जुलुसमा सहभागी हुने कार्यकर्तालाई लिन जान लागेको से १ ज २७७ नम्बरको हायस महाकाली राजमार्ग अन्तरगत शैल्यशिखर नगरपालिका–६ मा दुर्घटनामा परेको वताइएको छ ।

सोमबार बिहान साढे ९ बजे भएको दुर्घटनामा घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

चालक प्रकाशसिंह धामी, सहचालक नवीनसिंह धामी र हरिष धामीको मृत्यु भएको उनले बताए । मृतक तीनैजना वडा नम्बर ६ ग्वानीका स्थानीय हुन् ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको र दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ।