वेस्ट ह्यामसँग बराबरीमा रोकियो सिटी

May 16th, 2022

काठमाडौं,२ जेठ

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र वेस्ट ह्याम बराबरीमा रोकिएका छन् ।आइतबार राति भएको खेलमा सिटी र वेस्ट ह्यामले २–२ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

खेलमा सिटीको लागि ज्याक ग्रेलीसले एक गोल गरे भने सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो । वेस्ट ह्यामका जारोड बोवेनले दुई गोल गरेका थिए।

खेलमा पहिलो अग्रता वेस्ट ह्यामले लिएको थियो । खेलको २४औं मिनेटमा बोवेनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

खेलको ४५ औं मिनेटमा बोवेनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

खेलको ४९ औं मिनेटमा सिटीका ज्याक ग्रेलीसले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ६९ औं मिनेटमा वेस्ट ह्यामका भ्लादिमिर कौफलले आत्मघाती गोल गरेपछि खेल २-२ को बराबरीमा फर्कियो।

खेलको ८६ औं मिनेटमा सिटीले पेनाल्टीको अवसर पाएको थियो। तर, सिटीका रियाद महरेज पेनाल्टीमा गोल गर्न चुकेका थिए।

बराबरीसँगै सिटीको ३७ खेलबाट ९० अंक छ र तालिकाको शीर्ष स्थानमा छ। वेस्ट ह्यामका ३७ खेलबाट ५६ अंक छ र तालिकाको सातौं स्थानमा छ ।