• गृहपृष्ठ
  • काठमाडौं महानगरमा बालेन शाह दोब्बर मतले अघि

काठमाडौं महानगरमा बालेन शाह दोब्बर मतले अघि

May 16th, 2022

काठमाडौ २ जेठ

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाह कांग्रेस र एमालेका उमेखवार भन्दा अगाडी छन्

सोमवार बिहान ४ बजेको अपडेट अनुसार १४ हजार मत गन्दा बलेनले ५ हजार २१४ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले २ हजार ८३२ मत ल्याएका भने सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले २ हजार ४७० मत पाएकी छन् ।

राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा स्वतन्त्र उम्मेदवारमा रहेका बालेन साहले शुरुवात देखि नै आग्रता कायम राखेका छन् ।