• गृहपृष्ठ
  • केपि ओलीको सूर्यविनायक नगरपालिका २ बालकोट मा एमाले पराजित

केपि ओलीको सूर्यविनायक नगरपालिका २ बालकोट मा एमाले पराजित

May 16th, 2022

भक्तपुर २ जेठ

नेकपा एमाले अध्यक्ष केपी ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिकाको वडा नं २ मा नेपाली काँग्रेस विजयी भएको छ । ओलीको निवास रहेको सूर्यविनायक नगरपालिका २ बालकोटबाट नेपाली काँग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी भएको छ।

कार्कीले १ हजार ५११ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरेका छन् ।