• गृहपृष्ठ
  • काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह अग्रस्थानमा, कसले कति मत पाए ?

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह अग्रस्थानमा, कसले कति मत पाए ?

May 15th, 2022

आधारभूमि / काठमाडौँ १ जेठ

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका उम्मेदवारकोहरुमध्ये बालेन शाह अगाडी रहेका छन् ।

पहिलो स्थानमा रहेका बालेन साहले केशब स्थापित भन्दा १ हजार ६७६ मत र सिर्जना सिंहको भन्दा १ हजार ७८९ मत बढि ल्याएका छन् ।

राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा स्वतन्त्र उम्मेदवारमा रहेका बालेन साहले हालसम्म ३ हजार ५ सय ३२ मत पाएका छन् भने बालेनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार स्थापितले हालसम्म १ हजार ८ सय ५६ मत पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार ६ सय ६८ मत पाएकी छन् । हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना चलिरहेको छ । बालेन्द्रले बढी मत पाएपछि उनका समर्थक राष्ट्रियसभा गृह क्षेत्रमा उत्साहित देखिएका छन् ।