• गृहपृष्ठ
  • एकनासे ट्राफिक लाइटको अभावमा दुर्घटना बढ्यो

एकनासे ट्राफिक लाइटको अभावमा दुर्घटना बढ्यो

May 15th, 2022

अनुसा थापा
भक्तपुर ,१ जेठ
काठ्माडौं उपत्यका २४ औ घण्टा अस्तव्यस्त हुने सहर हो । दैनिक हजारौंको संख्यामा सवारी साधन ओहोरदोहोर हुन्छ । तर, धेरैजसो सडकमा ट्राफिक लाइटको व्यवस्था छैन् । भएका ट्राफिक लाइटहरु पनि बिग्रिएका छन् । कतिपय ठाँउमा ट्राफिक लाइट भएपछि देखिदैन् । कि होचो ठाँउमा राखिएको हुन्छ कि त धेरै अग्लो । सवारी चालकलाई ट्राफिक लाइट देख्न पनि मुश्किल पर्छ ।

हरियो बलेको छ कि रातो चालकले देख्दैनन् । जसको कारण दुर्घटना बढेको छ । ट्राफिक नियमानुसार रातो बलेपछि सवारी रोक्नुपर्छ । हरियो बलेपछि गुड्नुपर्छ । तर, मातहतका निकायको कमीकमजोरीका ट्राफिक नियमको पालना हुन सकेको छैन् भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ । ट्राफिक महाशाखा र गृह मन्त्रालयले ट्राफिक लाइट कसरी राख्ने ? भनेर निश्चित नियम बनाएको छैन् ।

यसको मारमा सवारी चालक परेका छन् । अगाडि ठूलो सवारी छ भने पछाडिको चालकले देख्दैनन् । हरियो बल्यो कि रातो उनीहरुले थाहा पाउदैनन् । परैबाट ट्राफिक लाइट देख्ने प्रबन्ध नमिलाउदा एकअर्कासंग ठोक्किने क्रम जारी छ । अगाडिको अचानक रोक्किदा पछाडिबाट एकसुरमा आइरहेको सवारी ठोक्किन्छ । जसले गर्दा धेरैजसो घाइते हुन्छन् । कतिपयले अकालमा ज्यान गुमाउनछन् ।

सवारी साधनलाई हुने क्षति स्वाभाविकै भइहाल्यो । पैदलयात्रीबाट सडक काट्न सहज होस् भन्ने उदेश्यले ट्राफिक लाइट जडान गरिएको हो । ट्राफिक ऐनमा रातो बत्ती बल्नेबित्तिकै सवारी साधन रोक्नुपर्ने उल्लेख छ । त्यसैगरी, जेब्राक्रससम्म आइपुगेको साधन पनि पछि हट्नुपर्छ र पैदलयात्रीलाई बाटो काट्न दिनुपर्छ । सेतो धर्कामा गाडी रोक्न पाइदैन् । तर, सवारी चालकको लापरबाहीले गर्दा धेरै पैदलयात्रीहरुले ठक्कर खाएका छन् ।

तीमध्ये कोही अंगभंग, कोही घाइते र कसैको ज्यानसमेत गएको छ । अझ पनि यस्ता धेरै ठाँउ छन् जहाँ जेब्राक्रस छैन् । ट्राफिक लाइट र आकाशे पुल त काल्पनिक कुरा भयो । जेब्राक्रस भएपनि मेटिसकेको छ र त्यसतर्फ सरकारको ध्यान गएको छैन् । पछिल्लो समय सवारी दुर्घटना अत्यन्तै बढेको छ । घरबाट बाहिर निस्किएपछि फर्किने हो कि होइन् भन्ने त्रास बोकेर हिड्नुपर्ने बाध्यता छ ।

बालबच्चा, बुढाबुढी र भखरै गाँउबाट सहर छिरेकोहरुको अवस्था कहालीलाग्दो छ । बाटो काट्न नसकेर ट्राफिकलाई अनुरोध गप्यो भने कतिपय झनक्क रिसाउछन् । कोहीचाहि सहयोगी हुन्छन् जसले बाटो काट्न सहयोग गरिदिन्छन् । हरेक पैदलयात्रीको सुरक्षाको जिम्मा ट्राफिकको हो । सरकारले उनीहरुलाई सडकमा हुने गतिविधि नियाल्न खटाएको हो ।

तर, ड्युटीको समय पनि अधिकांश ट्राफिक प्रहरी मोबाइल चलाएर बसेको भेटिन्छन् । ट्राफिकहरुको व्यवहारमा आजसम्म पनि सुधार हुन सकेको छैन् । उनीहरुको रुखो बोली ज्युको त्यु छ । राजनीतिक परिवर्तन भयो तर देशका सुरक्षाकर्मीहरुको बोलीबचन फेरिएन् । सडक–सवारी साधन–ट्राफिक नियम एकअर्कामा अन्तरसम्बन्धित छन् । तर, हाम्रो मुलुकमा यसविषयमा पढाउने गरिएको छैन् ।

स–साना बालबालिकालाई पनि ट्राफिक ज्ञान दिनुपर्छ । पाठ्यक्रम विकास केन्द्रले ट्राफिक नियमको छुट्टै किताब छाप्नुपर्छ । विद्यार्थीहरुलाई यस्तो संवेदनशील विषयमा पढाउने हो भने दुर्घटना कम हुन्छ । ट्राफिक प्रहरीले पनि टोलटोलमा गएर ट्राफिक नियमबारे चेतना फैलाउनुपर्छ । मदिरा सेवन गरेर सवारी चलाउनुहुन्छ । बाटो काट्दा सधैं जेब्राक्रस वा आकाशेपुलको प्रयोग गर्ने ।

सवारी साधन कुन साइटबाट ओभरट्याक गर्ने । वान वे र टु वे भएका सडकहरु कुन कुन हुन्, हर्न नबजाउनेजस्तो विषयमा ज्ञान बाड्न जरुरी छ । साथै, ट्राफिक बत्तीबारे पनि पढाउनुपर्छ । कुन रङको बत्तीले के संकेत गर्छ यो सबैलाई थाहा हुनुपर्छ । पछिल्लो समय फुटपाथबाट होइन् बिच सडकबाट हिड्न क्रम बढ्दो छ । फुटपाथमा पसल सञ्चालन गर्दा पैदल यात्रीहरु बिच सडकमा हिड्छन् ।

यो पनि दुर्घटना बढ्नुको प्रमुख कारण बनेको छ । तर, सम्बन्धित निकाय चाल नपाएझै बसिरहेको छ । २०७३ वैशाख १ गतेदेखि उपत्यकाभित्र हर्न बजाउन नपाउने भनिएको थियो । ध्वनि प्रदुषण बढेपछि हर्न बजाउन निषेध गरिएको थियो । यातायात ऐनमा उल्लेख भएअनुसार अस्पताल र शैक्षिक संस्था अगाडि हर्न बजाउन पाइदैन् । तर, अहिले पनि यो नियम कार्यान्वयनमा आएजस्तो देखिदैन् ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख उमेशराज जोशी आफु चर्चामा आउनका लागि बेलाबखत विभिन्न कार्यक्रम ल्याइरहेको हुन्छन् । कहिले सहचालक–चालकले अनिवार्य जुत्ता लगाउने निर्णय गर्छन् । कहिले मिटरमा यात्रु नबोक्ने ट्याक्सीलाई कारबाही गर्नका निम्ति ट्राफिकलाई साधा ड्रेसमा खटाउछु भन्छन् । तर, गर्नेचाहि के होइन् । बोल्ने मात्र तर कामचाहि नगर्ने प्रवृत्ति प्रमुख जोशीमा देखिएको छ ।

अहिले पनि चप्पल लगाएर खटिएका यातायात मजदुरहरु यत्तिकै भेटिन्छन्, खोइ त अनुगमन ? सार्वजनिक यातायातले भेडाबाख्रा कोचेझै यात्रु कोच्छन् । देख्दादेख्दै पनि ट्राफिक चुइक्क पनि बोल्न सक्दैन् । प्रमुख जोशीले पनि औचित्य बिनाको घोषणा मात्र गर्छन् । ट्राफिक प्रहरी सार्वजनिक यातायात चढेर यात्रुको पीडा बुझेको आजसम्म कुनै सर्वसाधारणले देखेको छ ?

बरु, यातायात व्यवसायीसंग कमिशन लुप्त भएर चुप लागेर बस्छन् । उनीहरुकै आँखा अगाडिबाट गुन्द्रुक खाँदेकोजस्तै यात्रु खाँदेको सवारी गएपनि त्यसलाई कारबाही गर्दैनन् । ट्राफिक महाशाखा हाम्रो काम गाडी छोड्ने मात्र हो । अनुगमन गर्ने जिम्मा हाम्रो होइन् भन्दै पन्छिछन् । सडकमा घट्ने हरेक घटना नियाल्ने काम ट्राफिकको भएपनि उनीहरु बेवास्ता गरिरहेका छन् ।

अहिले दिनहु ११ जनाको सवारी ठक्करबाट ज्यान गइरहेको छ । चालकको लापरवाही, ट्राफिक महाशाखाको कमीकमजोरी र सर्वसाधारणमा ट्राफिक ज्ञानको अभाव दुर्घटना हुनको प्रमुख कारण हो । दुर्घटना कम गराउन कुनै निकायसंग योजना छैन् । ट्राफिक महाशाखा, गृह मन्त्रालय, यातायात मन्त्रालय र यातायात व्यवसायी कहिले जिम्मेवार बन्ने ? अकालमा नेपाली जनताले ज्यान फाल्नुपर्ने दिनको अन्त्य कहिले ?


हिजोभन्दा आजका जनता धेरै शिक्षित भइसकेका छन् । तापनि हामीबाट लापरबाही गर्ने बानी हट्न सकेको छैन् । हामी आफैपनि जिम्मेवार बन्ने हो भने हाम्रो बाच्ने अधिकारको सुनिश्चिता हुन्थ्यो कि । हिजो मात्र सवारी साधन दुर्घटनामा परेर १४ जनाले ज्यान गुमाए । तीमध्ये पनि घाइते र अंगभंग कति भए होलान ? अनि अझ पनि चेत नखुल्नु हाम्रो लागि लाजमर्दो कुरा हो ।

यातायात व्यवसायी र सरकारले नेपाली जनतालाई भेडाबाख्रा सोचेका छन् । कि त नागरिकको ज्यान त्यति सस्तो छ धमाधम भीरबाट खसालिरहेको छ । तीन दशकअघि बनाएको ऐनकानुनले आज पनि काम गर्छ ? संशोधन गर्नुपर्दैन् ? नयाँ ऐनकानुन बनाउन सरकार लाग्नुपर्दैन् । दिनभरि कुर्सीमा बस्न र फोनमा गफ गर्न तलबभत्ता खुवाएको हो ? सरकारको यस्तो पाराले दुर्घटना घट्ने होइन् झनै बढ्ने निश्चित छ ।
नेपालका सडकहरु खाल्डाखुल्डीले भरिपुर्ण छ । तर, सडक विभागको ध्यान त्यतातिर जादैन् । नगरपालिका र वडा फुटपाथ पसल हटाउनसमेत असमर्थ देखिएको छ । फुटपाथमा पार्क भएको सवारी साधन पनि हटाउन सकेका छैन् । नगरपालिका र वडाभन्दा ठूला फुटपाथ व्यवसायी भएका छन् । सरकारले हरेक वर्ष जेब्राक्रसमा रङ लगाउन बजेट छुटाएको हुन्छ । यता, आकाशे पुल बनाउन पनि पयाृप्त बजेट दिइएको हुन्छ ।

विडम्बना, जहाँ पनि कमिशन नै पहिला आँउदो रहेछ । दुई महिना नटिक्ने रङ लगाउछन् । ठेक्कापट्टा पनि आफ्नै आफन्तलाई दिन्छन् । सस्तो काम गर्छन्, आएको बजे सबै झवाम्म पार्छन् । कमिशनको लोभमा यस्तो काम भइरहेको छ । तर, अनुगमन गर्ने निकाय नै मौन बसेको छ । त्यसैगरी, सडकको दाँयाबाँया राखेको सोलारबत्ती रातको समयमा बल्दैन् । बल्दै नबल्ने बत्ती हाल्नुको औचित्य के ? जडान गरेको दुई महिना नटिक्ने बत्तीको लागि करोडौंको बजेट खर्च गरिएको छ । तर, यसको प्रभावकारिता रद्धद्धीभर पनि देखिएको छैन् ।