एफए कपको उपाधि लिभरपुललाई

May 15th, 2022

आधारभूमि संवाददाता

काठमाडौं,१ जेठ
लिभरपुलले एफए कप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति चेल्सीलाई पेनाल्टीमा ६-५ ले पराजित गर्दै लिभरपुलले एफए कप फुटबलको उपाधि जितेको हो ।निर्धारित समय र अतिरिक्त समयसम्म गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टीबाट छिनोफानो भएको थियो ।

पेनाल्टीमा लिभरपुलका जेम्स मिलनर,थियागो अल्कान्टारा,रोबर्टो फर्मिनो,ट्रेन्ट अलेक्जेंडर अर्नोल्ड,डियोगो जोटा र कोन्स्तन्तिनोस त्सिमिकसले गोल गरेका थिए भने साडियो माने गोल गर्न चुकेका थिए।

चेल्सीका मार्कोस अलोन्सो, रीस जेम्स,रस बार्कले,जोर्गिन्हो र हाकिम जियेचले गोल गरेका थिए भने सिजर एज्पिलिक्वेटा र मेसन माउन्ट गोल गर्न चुकेका थिए।

जितसँगै लिभरपुलले आठौं पटक एफए कपको उपाधि जितेको छ ।