• गृहपृष्ठ
  • फ्रेन्च लिग वान फुटबलमा पीएसजीको सहज जित

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको सहज जित

May 15th, 2022

आधारभूमि संवाददाता

काठमाडौं,१ जेठ

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले मोन्टपेलियरलाई ४-० गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे भने एन्जेल डि मारिया र केलियन एमबाप्पेले एक एक गोल गरे ।

खेलको छैटौं मिनेटमा लियोनल मेस्सीले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।खेलको २० औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

खेलको २६ औं मिनेटमा डि मारिया गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि दोस्रो हाफको ६० औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टोलीलाई ४-० को सहज जित दिलाए ।

जितसँगै पीएसजीले ३७ खेलबाट ८३ अंक जोडेको छ र शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ ।पीएसजीले चार खेल अगाबै उपाधि जिति सकेको छ।पराजित मोन्टपेलियरको ३७ खेलबाट ४३ अंक छ र १३ औं स्थानमा छ ।