फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

May 14th, 2022

आधारभूमि /काठमाडौं ३१ बैशाख

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राती १२ बजेदखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको नेपाल आयल निगमले जनाएको छ ।

मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य १७० रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ पुगेको छ ।

त्यस्तै निगमका अनुसार हवाइ इन्धन र खान पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।