लीड्समाथि चेल्सीको सहज जित

May 12th, 2022

काठमाडौं, बैशाख २९

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । बुधबार राति भएको खेलमा चेल्सीले १० खेलाडीमा समेटिएको लीड्स युनाईटेडलाई उसकै मैदानमा ३–० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन मेसन माउन्ट,क्रिश्चियन पुलिसिक र रोमेलु लुकाकुले एक-एक गोल गरे।

खेलको चौथो मिनेटमा मेसन माउन्टले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको २४ औं मिनेटमा लीड्स १० खेलाडीमा समेटिएको थियो ।लीड्सका डेनियल जेम्सले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा चेल्सीले उठाउन सफल भयो।

दोस्रो हाफको ५५ औं मिनेटमा क्रिश्चियन पुलिसिकले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

त्यसपछि खेलको ८३ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसँगै चेल्सीले ३६ खेलबाट ७० अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा छ। पराजित लीड्सको ३६ खेलबाट ३४ अंक छ र १८ औं स्थानमा छ ।