• गृहपृष्ठ
  • म्यानचेस्टर सिटीको सानदार जित, ब्रुइनले गरे चार गोल

म्यानचेस्टर सिटीको सानदार जित, ब्रुइनले गरे चार गोल

May 12th, 2022

काठमाडौं, बैशाख २९

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ।बुधबार राति भएको खेलमा सिटीले उल्भ्सलाई उसकै मैदानमा ५-१ गोलले पराजित गरेको हो ।

उल्भ्सको मैदानमा सिटीलाई जित दिलाउन केभिन डे ब्रुइनले चार गोल गरे भने रहिम स्ट्रर्लिङले एक गोल गरे । उल्भ्सका लिएन्डर डेन्डनकरले एक गोल गरे ।

खेलको सातौं मिनेटमा केभिन डे ब्रुइनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ११ औँ मिनेटमा उल्भ्सका लिएन्डर डेन्डनकरले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

तर, खेलको १६औँ मिनेटमा ब्रुइनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

खेलको २४ औँ मिनेटमा ब्रुइनले ह्याट्रिक गर्दै टोलीलाई ३-१ ले अघि बढाए।

दोस्रो हाफको ६० औँ मिनेटमा ब्रुइनले व्यक्तिगत चौंथो गोल गर्दै टोलीलाई ४-१ ले अघि बढाए।

त्यसपछि खेलको ८४ औँ मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ५-१ को सानदार जित दिलाए ।

जितसंगै सिटीले ३६ खेलबाट ८९ अंक जोडेको छ र शीर्ष स्थानमा छ । पराजित उल्भ्सको ३६ खेलबाट ५० अंक छ र आठौं स्थानमा छ ।