सेल्टा भिगोमाथि बार्सिलोनाको सहज जित

May 11th, 2022

काठमाडौं, बैशाख २९

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको सेल्टा भिगोलाई ३–१ गोलले पराजित गरेको हो ।

क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन पियरे एमरिक औबामेयांगले दुई गोल र मेम्फिस डिपेले एक गोल गरे।सेल्टा भिगोका इयागो आसपसले एक गोल गरे।

खेलको ३० औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ४१ औं मिनेटमा एमरिक औबामेयांगले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ४८ औं मिनेटमा औबामेयांगले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए ।

खेलको ५० औं मिनेटमा सेल्टा भिगोका इयागो आसपसले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए ।

खेलको ५८ औं मिनेटमा सेल्टा भिगो १० खेलाडीमा समेटिएको थियो ।सेल्टा भिगोका जीसन मुरिलोले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र बार्सिलोनाले जित निकालेको हो ।

जितसँगै बार्सिलोनाले ३६ खेलबाट ७२ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा छ। पराजित सेल्टा भिगोको ३६ खेलबाट ४३ अंक छ र ११ औं स्थानमा छ ।