एस्टन भिल्लामाथि लिभरपुलको जित

May 11th, 2022

काठमाडौं, बैशाख २९

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टन भिल्लामाथि जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन जोएल माटिप र साडियो मानेले एक-एक गोल गरे। एस्टन भिल्लाका डगलस लुइजले एक गोल गरे।

खेलमा पहिलो अग्रता एस्टन भिल्लाले लिएको थियो । खेलको तेस्रो मिनेटमा एस्टन भिल्लाका डगलस लुइजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर, छैटौं मिनेटमा लिभरपुलका जोएल माटिपले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा लिभरपुलका साडियो मानेले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसँगै लिभरपुलले ३६ खेलबाट ८६ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा छ ।पराजित एस्टन भिल्लाको ३५ खेलबाट ४३ अंक छ र तालिकाको ११ औं स्थानमा छ ।