रोमामाथि फिओरेनटिनाको जित

May 10th, 2022

काठमाडौं, बैशाख २७

इटालियन सिरी ए फुटबलमा रोमामाथि फिओरेनटिनाले जित निकालेको छ । सोमबार राति भएको खेलमा फिओरेनटिनाले रोमालाई २-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमामा फिओरेनटिनालाई जित दिलाउन निकोलस गोन्जालेज र जियाकोमो बोनाभेन्चरले एक-एक गोल गरे।

खेलको पाँचौं मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै निकोलस गोन्जालेजलाई अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ११ औँ मिनेटमा जियाकोमो बोनाभेन्चरले गोल गर्दै टोलीलाई ४-० को जित दिलाए ।

जितसँगै फिओरेनटिनाले ३६ खेलबाट ५९ अंक जोडेको छ र तालिकाको छैटौं स्थानमा छ ।पराजित रोमाको ३७ खेलबाट ५९ अंक छ र तालिकाको पाँचौं स्थानमा छ ।