म्यानचेस्टर सिटीको फराकिलो जित

May 9th, 2022

काठमाडौं, बैशाख २६

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।आइतबार राति भएको खेलमा सिटीले न्युकासललाई ५-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई गोल गरे भने एम्रिक लापोर्ट, रोड्री र फिल फोडेनले एक-एक गोल गरे ।

खेलको १९ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

खेलको ३८ औं मिनेटमा एम्रिक लापोर्टले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ६१ औं मिनेटमा रोड्रीले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

खेलको ९० औं मिनेटमा फिल फोडेनले गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।

त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५-० को फराकिलो जित दिलाए ।

जितसँगै सिटीले ३५ खेलबाट ८६ अंक जोडेको छ र शीर्ष स्थानमा छ । पराजित न्युकासलको ३६ खेलबाट ४३ अंक छ र १३ औं स्थानमा छ ।