उल्भ्ससँग बराबरीमा रोकियो चेल्सी

May 8th, 2022

काठमाडौं, बैशाख २५

घरेलु मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चेल्सी उल्भ्ससँग बराबरीमा रोकिएको छ ।स्ट्यामफोर्ड ब्रिज स्टेडीएममा आइतबार राति भएको खेलमा चेल्सीले उल्भ्ससँग २–२ गोलको बराबरी खेलको हो ।

घरेलु मैदानमा चेल्सीको लागि रोमेलु लुकाकुले दुई गोल गरे भने उल्भ्सको लागि फ्रान्सिस्को त्रिन्काओ र कोनोर कोडीले एक-एक गोल गरे ।

दोस्रो हाफको ५६ औँ मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।लगत्तै,५६ औँ मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दे टोलीलाई २-० को अग्रता दिलाए ।

तर,खेलको ७९ औं मिनेटमा उल्भ्सका फ्रान्सिस्को त्रिन्काओले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

त्यसपछि इन्जुरी समयको सातौं मिनेटमा कोनोर कोडीले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै चेल्सीको ३५ खेलबाट ६७ अंक छ र तालिकाको तेस्रो स्थानमा छ । उल्भ्सको ३५ खेलबाट ५० अंक छ र आठौं स्थानमा छ ।