टोटेनहमसँग बराबरीमा रोकियो लिभरपुल

May 8th, 2022

काठमाडौं, बैशाख २५

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनहम बराबरीमा रोकिएका छन् ।आइतबार राति एनफिल्डमा भएको खेलमा लिभरपुल र टोटेनहमले १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

खेलमा लिभरपुलको लागि लुइस डेजले एक गोल गरे भने टोटेनहमका सन हेउङ मिनले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता टोटेनहमले लिएको थियो । खेलको ५६ औं मिनेटमा सन हेउङ मिनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए।

तर, खेलको ७४ औं मिनेटमा लिभरपुलका लुइस डेजले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै लिभरपुलको ३५ खेलबाट ८३ अंक छ र तालिकाको शीर्ष स्थानमा छ। टोटेनहमको ३५ खेलबाट ६२ अंक छ र तालिकाको पाँचौं स्थानमा छ ।