युनाईटेडमाथि ब्राइटनको एकतर्फी जित

May 8th, 2022

काठमाडौं, बैशाख २५

इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले म्यानचेस्टर युनाईटेडमाथि एकतर्फी जित निकालेको छ । शनिबार राति एनफिल्डमा भएको खेलमा ब्राइटनले म्यानचेस्टर युनाईटेडलाई ४–० गोलले पराजित गरेको हो ।

ब्राइटनलाई जित दिलाउन मोइसेस,मार्क कुकुरेला ,पास्कल ग्रोस र लिआन्ड्रो ट्रोसार्डले एक-एक गोल गरे। ब्राइटनले एक गोल पहिलो हाफ र तीन गोल दोस्रो हाफमा गरेको हो ।

खेलको १५ औं मिनेटमा मोइसेसले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ४९ औं मिनेटमा मार्क कुकुरेलाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ५७ औं मिनेटमा पास्कल ग्रोसले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए ।

त्यसपछि खेलको ६० औं मिनेटमा लिआन्ड्रो ट्रोसार्डले गोल गर्दै टोलीलाई ४-० को जित दिलाए ।

जितसँगै ब्राइटनले ३६ खेलबाट ४७ अंक जोडेको छ र तालिकाको नवौं स्थानमा उक्लिएको छ ।पराजित युनाईटेडको ३७ खेलबाट ५८ अंक छ र तालिकाको छैटौं स्थानमा छ ।