भेनेजियामाथि सालर्निटानाको जित

May 6th, 2022

काठमाडौं, बैशाख २३

इटालियन सिरी ए फुटबलमा भेनेजियामाथि सालर्निटानाले जित निकालेको छ । बिहीबार राति भएको खेलमा सालर्निटानाले १० खेलाडीमा समेटिएको भेनेजियालाई २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमामा सालर्निटानालाई जित दिलाउन फेडेरिको बोनाजोली र सिमोन वर्दीले एक-एक गोल गरे।भेनेजियाका थोमस हेनरीले एक गोल गरे।

खेलको सातौं मिनेटमा फेडेरिको बोनाजोलीले गोल गर्दै सालर्निटानालाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५८ औं मिनेटमा भेनेजियाका थोमस हेनरीले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

तर, खेलको ६७ औं मिनेटमा सालर्निटानाका सिमोन वर्दीले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए ।

खेलको ८९ औँ मिनेटमा भेनेजिया १० खेलाडीमा समेटिएको थियो ।भेनेजियाका इथान अम्पाडुले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र सालर्निटानाले जित निकालेको हो ।

जितसंगै सालर्निटानाले ३५ खेलबाट २९ अंक जोडेको छ र १७ स्थानमा औँ स्थानमा छ ।पराजित भेनेजियाको ३५ खेलबाट २२ अंक छ र पुछारमा छ ।