• गृहपृष्ठ
  • सिटीलाई पराजित गर्दै रियल च्याम्पियन्स लिग फुटबलको फाइनलमा

सिटीलाई पराजित गर्दै रियल च्याम्पियन्स लिग फुटबलको फाइनलमा

May 5th, 2022

काठमाडौं, बैशाख २२

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ ले पराजित गर्दै समग्रमा ६-५ को जितसहित रियल फाइनलमा प्रवेश गरेको हो ।पहिलो लेगमा रियल मड्रिड सिटीसँग ४-३ गोलले पराजित भएको थियो ।

बुधबार राति रियललाई जित दिलाउन रोड्रिगोले दुई र करिम बेन्जिमाले एक गोल गरे । सिटीका रियाद महरेजले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता भने सिटीले लिएको थियो। खेलको ७३ औँ मिनेटमा रियाद महरेजले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, इन्जुरी समयमा रियलका रोड्रिगोले गोल गर्दै खेल बराबरीमा फर्काए ।

इन्जुरी समयको पहिलो मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए र खेल समग्रमा ५-५ को स्थितिमा पुग्यो ।

त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको ९५ औं मिनेटमा रियलका करिम बेन्जिमाले गोल गर्दे टोलीलाई ३-१ को जित दिलाए ।

जितसँगै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।अब रियल मड्रिडले उपाधिको लागि लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ ।