म्यानचेस्टर युनाईटेडको सहज जित

May 3rd, 2022

काठमाडौं, बैशाख १९

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ। सोमबार राति भएको खेलमा युनाईटेडले ब्रेन्टफोर्डलाई ३-० गोलले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डिस,क्रिस्टियानो रोनाल्डो र राफेल वरानेले एक-एक गोल गरे ।

खेलको नवौं मिनेटमा ब्रुनो फर्नान्डिसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६१ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलको ७२ औँ मिनेटमा राफेल वरानेले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै युनाईटेडले ३६ खेलबाट ५८ अंक जोडेको छ र तालिकाको छैटौं स्थानमा छ ।पराजित ब्रेन्टफोर्डको ३५ खेलबाट ४० अंक छ र तालिकाको १४ औँ स्थानमा छ ।