मल्लोर्कामाथि बार्सिलोनाको जित

May 2nd, 2022

काठमाडौं, बैशाख १८

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले मल्लोर्कामाथि जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले मल्लोर्कालाई २-१ गोलले पराजित गरेको हो ।

क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपे र सर्जियो बुस्केट्सले एक-एक गोल गरे।मल्लोर्काका एन्टोनियो जोसेले एक गोल गरे।

खेलको २५ औँ मिनेटमा मेम्फिस डिपेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५४ औं मिनेटमा सर्जियो बुस्केट्सले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ७९ औं मिनेटमा मल्लोर्काका एन्टोनियो जोसेले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र बार्सिलोनाले जित निकालेको हो ।

जितसंगै बार्सिलोनाले ३४ खेलबाट ६६ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ ।पराजित मल्लोर्काको ३४ खेलबाट ३२ अंक छ र १६ औं स्थानमा छ ।