राफेल लियोको गोलमा एसी मिलानको जित

May 2nd, 2022

काठमाडौं, बैशाख १८

इटालियन सिरी ए फुटबलमा एसी मिलानले जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा एसी मिलानले फिओरेन्टिनालाई १-० गोलले पराजित गरेको हो ।

एसी मिलानलाई जित दिलाउन राफेल लियोले निर्णायक गोल गरे।लियोले दोस्रो हाफको ८२ औं मिनेटमा गोल गरेका हुन्।

जितसंगै एसी मिलानले ३५ खेलबाट ७७ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित फिओरेन्टिनाको ३५ खेलबाट ५६ अंक छ र सातौं स्थानमा छ ।