चेल्सी एभर्टनसँग पराजित

May 2nd, 2022

काठमाडौं, बैशाख १८

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीमाथि जित निकालेको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा एभर्टनले चेल्सीलाई १-० गोलले पराजित गरेको हो ।

गुडिसन पार्कमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले विजयि गोल गरे।रिचार्लिसनले दोस्रो हाफको ४६ औं मिनेटमा गोल गरेका हुन्।

जितसंगै एभर्टनले ३३ खेलबाट ३२ अंक जोडेको छ र १८ औं स्थानमा छ । चेल्सीको ३४ खेलबाट ६६ अंक छ र तेस्रो स्थानमा छ ।