लिड्समाथि सिटीको सहज जित

May 1st, 2022

काठमाडौं, बैशाख १८

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले लिड्स युनाईटेडलाई उसकै घरेलु मैदानमा ४-० गोलले पराजित गरेको हो ।

लिड्सको घरेलु मैदानमा सिटीलाई जित दिलाउन रोड्री ,नन्थन एके,गाब्रियल जिसस र फर्नान्डिन्होले एक-एक गोल गरे।

खेलको १३ औँ मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५४ औं मिनेटमा नन्थन एकेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ७८ औं मिनेटमा गाब्रियल जिससले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा फर्नान्डिन्होले चौंथो गोल गर्दै टोलीलाई ४-० को जित दिलाए ।

जितसँगै सिटीले ३४ खेलबाट ८३ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ । पराजित लिड्सको ३४ खेलबाट ३४ अंक छ र १७ औं स्थानमा छ ।