• गृहपृष्ठ
  • स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडलाई

स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडलाई

May 1st, 2022

आधारभूमि संवाददाता

काठमाडौं, बैशाख १८

रियल मड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ । शनिबार राति लिग अन्तरगत भएको खेलमा स्पानियोललाई ४-० ले पराजित गर्दै रियल मड्रिडले चार खेल बाँकी छँदा नै उपाधि जितेको हो।

रियल मड्रिडको जितमा रोड्रिगोले दुई गोल गरे भने मार्को एसेन्सियो र करिम बेन्जामाले एक-एक गोल गरेका थिए।

खेलको ३३ औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४३ औ मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५५ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि खेलको ८१ औं मिनेटमा बेन्जामाले गोल गर्दै टोलीलाई ४-० को जित दिलाए ।

यससंगै रियल मड्रिडले ३५ औं पटक स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।

रियल मड्रिडले दोस्रो स्थानको सेभियासँग १७ अंकको अग्रता बनाउदै यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । रियल मड्रिडको ३४ खेलबाट ८१ अंक छ । समान खेल खेलेको सेभियाको ६४ अंक छ र लिगको दोस्रो स्थान । तेश्रो स्थानमा रहेको बार्सिलोनाको ३३ खेलबाट ६३ अंक छ। पराजित स्पानियोलको ३४ खेलबाट ३९ अंक छ र १३ औं स्थानमा रहेको छ ।