• गृहपृष्ठ
  • पहिलो लेगमा भिल्ला रियलमाथि लिभरपुलको सहज जित

पहिलो लेगमा भिल्ला रियलमाथि लिभरपुलको सहज जित

Apr 28th, 2022

काठमाडौं, बैशाख १५

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले सहज जित निकालेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले भिल्ला रियललाई २-० गोलले पराजित गरेको हो ।

एनफिल्डमा लिभरपुललाई जित दिलाउन साडियो मानेले एक गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको हो ।

दोस्रो हाफको ५३ औ मिनेटमा भिल्ला रियलका पेर्भिस एस्टुपिनले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लीएको थियो ।

त्यसपछि खेलको ५५ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

अब दोस्रो लेग मे ४ मा भिल्ला रियलको घरेलु मैदानमा हुनेछ ।