• गृहपृष्ठ
  • पहिलो लेगमा रियल मड्रिड सिटीसँग पराजित

पहिलो लेगमा रियल मड्रिड सिटीसँग पराजित

Apr 27th, 2022

काठमाडौं, बैशाख १४

रियल मड्रिड म्यान्चेष्टर सिटीसंग पराजित भएको छ । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती भएको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिडलाई सिटीले ४-३ गोलले पराजित गरेको हो।

घरेलु मैदानमा म्यान्चेष्टर सिटीलाई जित दिलाउन केभिन डी ब्रुईनी ग्याब्रियल जिसस,फिल फोडेन र बर्नार्डो सिल्भाले एक एक गोल गरे । रियल मड्रिडका लागि करिम बेन्जेमा दुई गोल र भिनिसियस जुनियरले एक गोल गरे।

खेलको दोस्रो मिनेटमा केभिन डी ब्रुईनीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।११ औ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ३३ औं मिनेटमा रियल मड्रिडका करिम बेन्जेमाले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको ५३ औं मिनेटमा फिल फोडेनले गर्दै सिटीलाई ३-१ ले अघि बढाए।लगत्तै ५५ औं मिनेटमा रियल मड्रिडका भिनिसियस जुनियरले गोल गर्दै ३-२ को स्थितिमा ल्याए ।

खेलको ७४ औं मिनेटमा सिटीका बर्नार्डो सिल्भाले गर्दै सिटीलाई ४-२ ले अघि बढाए।

खेलको ८२ औं मिनेटमा रियल मड्रिडका करिम बेन्जेमाले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै ४-३ को स्थितिमा ल्याए ।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र सिटीले जित निकालेको हो ।

अब दोस्रो लेग मे ५ मा रियलको घरेलु मैदानमा हुनेछ ।