सासोउलोमाथि जुभेन्टसको पुनरागमन जित

Apr 26th, 2022

काठमाडौं, बैशाख १३

इटालियन सिरी ए फुटबलमा जुभेन्टसले सासोउलोलाईमाथि पुनरागमन जित निकालेको छ । सोमबार राति भएको खेलमा जुभेन्टसले सासोउलोलाई २–१ गोलले पराजित गरेको हो ।

सासोउलोको घरेलु मैदानमा जुभेन्टसलाई जित दिलाउन पाउलो डिबाला र मोइस केनले एक-एक गोल गरे। सासोउलोका जियाकोमो रास्पडोरीले एक गोल गरे।

खेलमा पहिलो अग्रता सासोउलोले लिएको थियो।खेलको ३८ औं मिनेटमा जियाकोमो रास्पडोरीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ४५ औं मिनेटमा जुभेन्टसका पाउलो डिबालाले गोल गर्दै १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा मोइस केनले गोल गर्दै जुभेन्टसलाई २-१ को जित दिलाए ।

जितसँगै जुभेन्टसले ३४ खेलबाट ६६ अंक जोडेको छ र तालिकाको चौथो स्थानमा छ ।पराजित सासोउलोको ३४ खेलबाट ४६ अंक छ र तालिकाको दशौं स्थानमा छ ।