एसी मिलान सिरी ए फुटबलको शीर्ष स्थानमा

Apr 25th, 2022

काठमाडौं, बैशाख १२

एसी मिलान इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एसी मिलानले लाजियोलाई २-१ गोलले पराजित गरेको हो ।

एसी मिलानलाई जित दिलाउन ओलिभियर गिराउड र स्यान्ड्रो टोनालीले एक-एक गोल गरे।लाजियोका सिरो इम्मोबिले एक गोल गरे।

खेलमा पहिलो अग्रता भने लाजियोले लिएको थियो।खेलको चौथो मिनेटमा सिरो इम्मोबिले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ५० औं मिनेटमा ओलिभर गिराउडले गोल गर्दै १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा स्यान्ड्रो टोनालीले गोल गर्दै एसी मिलानलाई २-१ को जित दिलाए ।

जितसंगै एसी मिलानले ३४ खेलबाट .७४ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ ।पराजित लाजियोको ३४ खेलबाट ५६ अंक छ र सातौं स्थानमा छ ।