पुलिसिकको गोलमा चेल्सीको जित

Apr 25th, 2022

काठमाडौं, बैशाख १२

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई १–० ले पराजित गरेको हो ।

स्ट्यामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन क्रिश्चियन पुलिसिकले गरेको गोल नै निर्णायक बन्न पुग्यो । पुलिसिकले खेलको ९० औं मिनेटमा सो गोल गरेका हुन् ।

जितसँगै चेल्सीले ३२ खेलबाट ६५ अंक जोडेको छ र तेस्रो स्थानमा छ । पराजित वेस्ट ह्यामको ३४ खेलबाट ५२ अंक छ र सातौं स्थानमा छ ।