• गृहपृष्ठ
  • आज लर्ड अफ ड्रिंक्स ठमेलमा पवनदिपलाई सुन्न सकिने

आज लर्ड अफ ड्रिंक्स ठमेलमा पवनदिपलाई सुन्न सकिने

Apr 24th, 2022

काठमाडौं,११ वैशाख

भारतीय चर्चित गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजनलाई आज लर्ड अफ ड्रिंक्स (एलओडी) ठमेलमा सुन्न सकिनेछ । पवनदिपले एलओडी ठमेलमा बिशेष सांगीतिक प्रस्तुती दिनेछन ।

पवनदिपले हिजो याक एण्ड यतीमा भएको कार्यक्रममा जोडदार प्रस्तुती दिएका थिए । पवनदिपले लोकप्रिय चर्चित भारतीय गीत गाएका थिए भने उनले नेपाली गीत समेत गाएर सम्पूर्ण अतिथि एव उपस्थिती हरुलाई नचाएका थिए ।

कार्यक्रम ब्यबस्थापन गरेको ३६५ इभेन्टस् एण्ड मिडियाका अनुसार आज एलओडी ठमेलमा हुने सांगीतिक प्रस्तुतीको सिमित टिकट मात्र रहेको र पवनदिपलाई सुन्न मनपराउनेहरुले आइ एमई पे वालेट मार्फत टिकट खरिद गर्न सकिने बताउनु भयो । ३६५ इभेन्टस् एण्ड मिडियाका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्य (ह्यापी) का अनुसार टिकट लर्ड अफ ड्रिंक्स (एलओडी) ठमेल साथै ३६५ इभेन्टस् एण्ड मिडियामा सम्पर्क गरेर खरिद गर्न सकिने बताउनुभयो ।

आयोजकका अनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्नेछ । चर्चित गायक पवनदीपले आज विभिन्न धार्मिक स्थलहरूको समेत अवलोकन गरेको आयोजकले बताउनुभयो ।