गाब्रियल चम्किदा सिटीको जित

Apr 24th, 2022

काठमाडौं, बैशाख ११

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ५-१ गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन गाब्रियलले ह्याट्रिकसहित चार गोल गरे भने रोड्रीले एक गोल गरे।वाट्फोर्डका हसने कमाराले एक गोल गरे।

खेलको चौथो मिनेटमा गाब्रियलले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

खेलको २३ औं मिनेटमा गाब्रियलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको २८ औं मिनेटमा वाट्फोर्डका हसने कमाराले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

तर,खेलको ३४ औं मिनेटमा सिटीका रोड्रीले गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए।

दोस्रो हाफको ४९ औं मिनेटमा गाब्रियलले पेनाल्टीमा ह्याट्रिक पूरा गर्दै टोलीलाई ४-१ ले अघि बढाए।

त्यसपछि खेलको ५३ औं मिनेटमा गाब्रियलले व्यक्तिगत चौंथो गोल गर्दै टोलीलाई ५-१ को फराकिलो जित दिलाए ।

जितसँगै सिटीले ३३ खेलबाट ८० अंक जोडेको छ र शीर्ष स्थानमा छ । पराजित वाट्फोर्डको ३३ खेलबाट २२ अंक छ र १९ औं स्थानमा छ ।