• गृहपृष्ठ
  • बायर्नलाई लगातार दशौँ पटक बुन्डेस लिगा फुटबलको उपाधि

बायर्नलाई लगातार दशौँ पटक बुन्डेस लिगा फुटबलको उपाधि

Apr 24th, 2022

काठमाडौं, बैशाख ११

बायर्न म्युनिखले लगातार दशौँ पटक बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमन्डलाई ३-१ ले पराजित गरेपछि बायर्न म्युनिखले लगातार दशौँ पटक बुन्डेस लिगा फुटबलको उपाधि जितेको हो ।बायर्न म्युनिखले तीन खेल बाँकी हुँदै उपाधि उचालेको हो ।

घरेलु मैदानमा बायर्न म्युनिखलाई जित दिलाउन सर्ज जिनाब्री,रोबर्ट लेवान्डोस्की र जमाल मुसियालाले एक-एक गोल गरे ।बोरुसिया डर्टमन्डका इम्री क्यानले एक गोल फर्काएका थिए ।

खेलको १५ औँ मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ३४ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे।

खेलको ५२ औं मिनेटमा डर्टमन्डका इम्री क्यानले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

तर, खेलको ८३ औँ मिनेटमा जमाल मुसियालाले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

यससंगै बायर्नले ३१ औं पटक बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ ।

बायर्नले ३१ खेलबाट ७५ अंक जोडेको छ र शीर्ष स्थानमा छ।पराजित बोरुसिया डर्टमण्डको ३१ खेलबाट ६३ अंक छ र दोस्रो स्थानमा छ ।