• गृहपृष्ठ
  • फ्रेन्च लिग वान फुटबलको उपाधि पीएसजीलाई

फ्रेन्च लिग वान फुटबलको उपाधि पीएसजीलाई

Apr 24th, 2022

काठमाडौं, बैशाख ११

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको लेन्ससँग १-१ गोलको बराबरी खेले पनि पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि उचालेको हो ।

खेलको ५७ औँ मिनेटमा लेन्स १० खेलाडीमा समेटिएको थियो ।लेन्सका केभिन डान्सोले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

खेलको ६८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ८८ औं मिनेटमा लेन्सका कोरेन्टिन जीनले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए ।

जितसंगै पीएसजीले दशौं पटक फ्रेन्च लिग वान फुटबलको उपाधि उचालेको छ ।