भएन सडक कालोपत्रे

Apr 22nd, 2022

ललितपुर ,बैशाख ०९
महालक्ष्मी नपा वडा नं.७ हुदै ललितपुरको इमाडोल सम्म जाने सडक पानी परेको बेला हिलाम्मे र घाम लागेको वेला धुलाम्मे हुदा समेत कुनै जनप्रतिनिधिले वास्ता गरेको पाइएको छैन । दैनिक हजारौं गाडी गुड्छन् दायाँ बायाँ पसल गरेर बसेका व्यापारी त हैरान भोगी रहेका छन् । एक ६० बर्षीय चिया पसल्नी आमाका अनुसार मास्क लगायो स्वास लिन गारो नलगाउँ यस्तो धुलो कसरी व्यवसाय गर्र्ने? राती सुत्न समेत गारो हुन्छ, आँखा पोल्छ के गरुँ यस्तो छ । न गरुँ त परिवार पाल्न गारो गरुँ त यस्तो छ ।

यो उदाहारण मात्र हो यस्ता थुप्रै व्यवसायीको गुनासो छ । यस विषयमा महालक्ष्मी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नकुल थापाका अनुसार भट्टाका गाडी बेस्सरी गुडाउने र महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठका कारण सडकका कालो पत्रेमा ढिलाई भएको हामीले सम्पूर्ण प्रक्रिया पुरा गरेर पठाउदा पनि सम्बन्धित ठेकेदार कारवाही गर्न नसक्नुले सडक कालो पत्रेमा ढिलाई भएको बताए । धुलो उडेका कारण स्थानीयले सडकमा ढुङ्गा राखेर विरोध समेत गर्दै आएका छन् ।