• गृहपृष्ठ
  • इन्डियन आइडल विजेता पवनदीपको नेपाल क्रेज ,९३ वर्षे वृद्धले लिए लाइभ सोको टिकट

इन्डियन आइडल विजेता पवनदीपको नेपाल क्रेज ,९३ वर्षे वृद्धले लिए लाइभ सोको टिकट

Apr 22nd, 2022

काठमाडौं, बैशाख ९
भारतीय चर्चित गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन यही वैशाख ११ गते लर्ड अफ ड्रिंक्स (एलओडी) मा आफ्नो विशेष सांगितिक प्रस्तुती दिँदै छन् । यही क्रममा इन्डियन आइडल विजेता पवनदीप राजनको सांगितिक प्रस्तुती हेर्न युवादेखि वृद्धसम्म आकर्षित छन् । पवनदीपको सांगितिक प्रस्तुती हेर्न ९३ वर्षिय वृद्धले समेत टिकट खरिद गरेका छन् । ३६५ इभेन्टस् एण्ड मिडियाका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्य ( ह्यापी) का अनुसार पवनदीपको सांगितिक प्रस्तुती हेर्न ९३ वर्षिय वृद्ध बाले घरमै बोलाई टिकट खरिद गरेको जनाएका छन् ।

रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गरेको र ३६५ इभेन्टस् एण्ड मिडियाले व्यवस्थापन गरेको पवनदीप राजनको सांस्कृतिक कार्यक्रममा दुई थरीका टिकट राखिएको छ । आयोजकका अनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्नेछ । टिकट विभिन्न माध्यमबाट उपलब्ध हुने समेत जानकारी आयोजकले दिएका छन् । अनलाईन टिकटका लागि भुक्तानी प्रदायक आइ एमई पे वालेट मार्फत अग्रिम टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

पवनदीप राजन इन्डियन आइडल सन् २०२१ सिजन १२ का विजेता हुन् । उक्त सांगितिक कार्यक्रमलाई विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय ब्राण्ड/कम्पनीले प्रायोजन गरेका छन् । कोरोनाको कारणले स्थगित पवनदीपको सांगितिक कार्यक्रम यसपटक भने भव्य रुपमा सफल हुने विश्वास गरिएको छ । चर्चित गायक पवनदीपले विभिन्न धार्मिक स्थलहरुको समेत अवलोकन गर्ने आयोजकले जानकारी दिए ।