साउथह्याम्प्टनमाथि बर्नलीको जित

Apr 22nd, 2022

काठमाडौं, बैशाख ९

इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले साउथह्याम्प्टनमाथि जित निकालेको छ । बिहीबार राति भएको खेलमा बर्नलीले साउथह्याम्प्टनलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमामा बर्नलीलाई जित दिलाउन कोन्नर रोबर्ट्स र नाथन कोलिन्सले एक-एक गोल गरे।

खेलको १२ औं मिनेटमा कोन्नर रोबर्ट्सले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको १२ औं मिनेटमा नाथन कोलिन्सले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै बर्नलीले ३२ खेलबाट २८ अंक जोडेको छ र तालिकाको १८औं स्थानमा छ । पराजित साउथह्याम्प्टनको ३३ खेलबाट ३९ अंक छ र १३ औं स्थानमा छ ।