औबामेयाङको गोलमा बार्सिलोनाको जित

Apr 22nd, 2022

काठमाडौं, बैशाख ९

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई उसकै घरेलु मैदानमा १–० ले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन एमरिक औबामेयाङले गरेको गोल नै निर्णायक बन्न पुग्यो । एमरिक औबामेयाङले खेलको ११ औं मिनेटमा सो गोल गरेका हुन् ।

जितसँगै बार्सिलोनाले ३२ खेलबाट ६३ अंक जोडेको छ र दोस्रो स्थानमा छ । पराजित रियल सोसिडाडको ३३ खेलबाट ५५ अंक छ र छैटौं स्थानमा छ ।