• गृहपृष्ठ
  • चेल्सी आर्सनलसँग घरेलु मैदानमा पराजित

चेल्सी आर्सनलसँग घरेलु मैदानमा पराजित

Apr 21st, 2022

काठमाडौं, बैशाख ८

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीमाथि जित निकालेको छ।बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई उसकै घरेलु मैदानमा ४-२ गोलले पराजित गरेको हो ।

स्ट्यामफोर्ड ब्रिजमा आर्सनललाई जित दिलाउन एडी एनकेटियाले दुई गोल गरे भने एमिल स्मिथ र बुकायो साकाले एक-एक गोल गरे ।चेल्सीका टिमो वर्नर र सिजर अज्पिलिकुएताले एक-एक गोल गरे ।

खेलको १३ औं मिनेटमा आर्सनलका एडी एनकेटियाले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

खेलको १७ औँ मिनेटमा चेल्सीका टिमो वर्नरले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको २७ औँ मिनेटमा आर्सनलका एमिल स्मिथले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

खेलको ३२ औँ मिनेटमा चेल्सीका सिजर अज्पिलिकुएताले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए ।

तर, खेलको ५७ औँ मिनेटमा आर्सनलका एडी एनकेटियाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-२ ले अघि बढाए ।

त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा आर्सनलका बुकायो साकाले गोल गर्दै टोलीलाई ४-२ को जित दिलाए ।

जितसंगै आर्सनलले ३२ खेलबाट ५७ अंक जोडेको छ र पाँचौं स्थानमा छ । चेल्सीको ३१ खेलबाट ६२ अंक छ र तेस्रो स्थानमा छ ।