• गृहपृष्ठ
  • प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको सहज जित

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको सहज जित

Apr 21st, 2022

काठमाडौं, बैशाख ८

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ। बुधबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ३-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेज,फिल फोडेन र बर्नार्डो सिल्भाले एक-एक गोल गरे ।

खेलको ५३ औँ मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ६५ औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे

त्यसपछि खेलको ८२ औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई ३-० को सहज जित दिलाए ।

जितसंगै सिटीले ३२ खेलबाट ७७ अंक जोडेको छ र शीर्ष स्थानमा छ । पराजित ब्राइटनको ३३ खेलबाट ४० अंक छ र दशौं स्थानमा छ ।