• गृहपृष्ठ
  • ‘तिमीलाई हेरेर’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

‘तिमीलाई हेरेर’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

Apr 20th, 2022

काठमाडौँ, ७ वैशाख /रासस

गायिका सुशीला बरालको सुमधुर स्वरमा समावेश ‘तिमीलाई हेरेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको यस गीतमा गायिका बरालको शब्द र सङ्गीत रहेको छ । यस गीतलाई महाराज थापाले सङ्गीत संयोजन गर्नुभएको हो । गायिका बरालको वास्तविक जीवन कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्मारिका ढकाल र रञ्जित पौडेलको अभिनय छ । माधव बेल्वासेको सम्पादन रहेको यस भिडियो अमृत सुनुवारको छायाङ्कन र निर्देशनमा तयार पारिएको हो । भिडियोको कथा आयाम पौडेलले लेख्नुभएको हो । गायिका बरालको च्यानल ‘सुशीला बराल अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो ।

म्युजिक भिडियोमा ‘तिमीले हेरेर मलाई पुग्ने भए, किन भन्थेँ म अझै हेरिदेऊ’, ‘हेर आज मौसम हाम्रो अघि नै छ’, ‘तिम्रो बोली सुनी म अघाउने भए’ लगायत बोलका गीत समावेश गरिएको छ ।

सङ्गीतकी विद्यार्थी समेत रहनुभएकी गायिका बरालका यसअघि ‘जुनी जुनी’, ‘तिम्रो आँखाको इसाराले’ लगायतका गीतहरु सार्वजनिक भइसकेका छन् । म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । गायिका बरालले आफ्नो भिडियोलाई माया गरिदिन सबैलाई आग्रह गरेकी छिन् ।