• गृहपृष्ठ
  • बीबीसी मास्टर सेफको टोलीबाट नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धन

बीबीसी मास्टर सेफको टोलीबाट नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धन

Apr 20th, 2022

काठमाडौँ, ७ वैशाख
बीबीसी मास्टर सेफ सन्तोष साहसहित सेफहरुको टोलीले नेपालको मौलिक खना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरेका छन् । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपाली पर्यटनक्षेत्रको पुनरुत्थान अभियान अन्तर्गत “बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाईनालिस्टहरुलाई नेपालको मौलिक संस्कृति र खाना मार्फत गन्तव्यको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरेको थियो ।

पाटा नेपाल द्धारा आयोजना गरिएको ‘मास्टसेफ फाइनालिस्ट टुर टु नेपाल’ नामक यस कार्यक्रमलाई मुख्य प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड, अफिसियल एयरलाइन्स पार्टनरको रुपमा श्रीलंकन एयरलाइन्स, बैंकिङ पार्टनरको रुपमा नबिल बैंक र हेल्थ पार्टनरको रुपमा सिवेक हस्पिटलले सहयोग गरेका छन् । त्यसैगरी, बुद्ध एयर, समिट एयर, नाथम, केजिएच ग्रुप अफ होटेन्स्, सिद्धार्थ ग्रुप अफ होटल, जंगल सफारी रिसोर्ट, कम्युनिटी होमस्टे, गेट कलेज, ग्यालेक्सी टेलिभिजन, रामदेव आयल र हाइग्राउण्ड एडभेन्चरलेसमेतले कार्यक्रममा सहयोग तथा सहकार्य गरेका थिए ।

चर्चित सेलीब्रेटी सेफहरुले नेपालको राष्ट्रिय झण्डा अंकित सेफकोट पहिरनमा नेपालका विभिन्न गन्तव्यहरुमा मौलिक खानाको अवलोकन, अन्वेषण एवम् प्रवद्र्धन गर्नुु कोभिड १९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियान अन्तर्गत पाटा नेपालद्धारा आयोजना गरिएको एक आकर्षक तथा समयानुकूल पहलको रुपमा लिइएको छ ।

मास्टर सेफहरुको नेपाल भ्रमण तथा गतिविधिहरुबाट विश्व स्रोत बजारमा नेपालको मौलिक खाना र संस्कृति समेत गन्तव्यको अभिन्न आकर्षण रहेको, महामारी पश्चात नेपाली पर्यटन क्षेत्र पुुर्ण रुपमा खुला रहेको र जीवन्त अनुभवका लागि नेपाल एक अद्धितीय गन्तव्य रहेको सकारात्मक सन्देश प्रबाह हुुनुुका साथै मास्टरसेफहरुको सामाजिक सञ्जाल तथा नेटवर्कमा आवद्ध समुुदायमाझ नेपाल गन्तव्यको प्रवद्र्धनमा समेत महत्वपूर्ण टेवा पुगेको छ । त्यसैगरी, मास्टरसेफहरुले नेपाली युवा सेफहरु तथा हस्पिट्यालिटी बिद्यार्थीहरुलाई नेपाली खानामा नविनतम अभ्यास, निरन्तर अन्वेषण र प्रभावकारी प्रवर्धनमा आबद्ध हुन समेत प्रेरित गरेका छन ।

सेफ सन्तोष शाहले नेपाली खानालाई विश्व मञ्चमा पु¥याउन नेपाली प्रचलनमा रहेका शब्दहरुको प्रयोग गर्दै आएका सन्दर्भमा कुनैपनि सभा समारोहमा उत्सवको रुपमा खानपीन सुरु गर्दा उच्चारण हुने अंग्रेजी शब्द ‘चीयर्स’ को साटो नेवारी संस्कृति सगुनको रुपमा प्रदान गरिने ‘आयला’ शब्द प्रयोग गर्दा आफ्नै मौलिकता झल्कने, पर्यटकहरुलाई पनि रोचक हुने र गन्तव्यको सकारात्मक प्रवर्धन हुने बताउदै ‘आयला’ सम्बन्धित सन्देशमुलक प्रचारात्मक भिडियो समेत सार्वजनिक गरेका छन् ।

पाटा नेपाल च्याप्टरले पाटा अन्तर्राष्ट्रिय च्याप्टरहरु, नेपाल वायुसेवा निगम तथा अन्तर्राष्ट्रिय एयरलाइन्स, पर्यटन बोर्ड लगायत अन्य निजी तथा सरकारी साझेदार संघसंस्थाहरु सँगको समन्वय र सहकार्यमा विभिन्न अन्तर्राष्ट्रिय स्रोत बजारहरुमा आयोजना गर्ने गन्तव्य प्रवद्र्धनसँगै नेपाली मौलिक खानाको प्रवद्र्धनका लागि मास्टर सेफ सन्तोष साहको संलग्नता र सहयोगमा ‘ नेपाल वल्र्ड फुड टुर’ कार्यक्रम समेत आयोजना गरिने बताएको छ ।

नेपालमा १० दिने भ्रमणको क्रममा मास्टरशेफ टोलीले गरेका गतिविधिहरू (संक्षिप्तमा)
मास्टर सेफ सन्तोस साहको साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपा लगायतको टोली अप्रिल ७, २०२२ मा काठमाडौँ आएर नेपालमा १० दिनसम्म विभिन्न स्थानहरुमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिहरुमा संलग्न भएका छन।

७ अप्रिलमा काठमाडौँ आइपुगेको सेफ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाटा नेपाल च्याप्टरका पदाधिकारीहरु, नेपाल पर्यटन बोर्ड, सेफ एशोसिएसन, मिडियाकर्मीहरु, हस्पिटालिटी एवम् टुरिज्म विद्यार्थीहरु र पञ्चेबाजा टोलीद्धारा आमन्त्रित पाहुना टोलीलाई भब्य स्वागत गरिएको थियो । आगमनको दिन ठमेलस्थित काठमाडौँ गेष्ट हाउसले नेवारी परम्परागत आथित्यःसत्कार तथा नेवारी भोजसहित स्वागत गरेको थियो । सोही साँझ सेफ टोलीलाई पाटा नेपाल च्याप्टरद्धारा गैरीधारास्थित अवाता वेलनेश सेन्टरमा ‘वेलकम डिनर रिसेपस्न’ र डिनरअघि पहुँनाहरुलाई वेलनेश टुरिज्मको एक नयाँ प्रोडक्ट ‘साउन्ड बाथ’को अनुभूति प्रदान गरिएको थियो ।

८ तारिखका दिन गेट कलेजमा आयोजित दीक्षान्त समारोहमा सहभागी सेफ टोलीलाई हस्पिटालिटी विद्यार्थीमाझ स्वागत गरियो । त्यसपछि सोही दिन बुद्ध एयरको जहाज मार्फत पोखरा पुगेको सेफ टोलीलाई कार्यक्रमको एडभेन्चर पार्टनर हाईग्राउण्ड एडभेन्चरको टिम र एभरेष्ट इन ग्रुप युके टिमले स्वागत तथा आतिथ्यता प्रदान गरेका थिए । पोखरा नगरपालिका वडा नं १३ मा अवस्थित आर्बा गाउँमा मास्टरसेफहरुले स्थानीय उत्पादनहरु र परम्परागत जीवन शैलीको अवलोकन गर्दै नेपालको मौलिक खानालाई ‘आली देखी थालीसम्म’ पु¥याउने उद्देश्यका साथ स्थानीय वासिन्दा र सेफहरुसँग खाना पकाउनुका साथै पवद्र्धनात्मक भिडियोहरुसमेत बनाए । साथै उक्त गाउँमा आयोजित वृक्षारोपणमा समेत मास्टरसेफहरु सहभागी बने ।

भोलीपल्ट अप्रिल ९ का दिन हाइग्राउण्ड एडभेन्चरले आयोजना गरेको साहसिक तथा दृश्यावलोकन पश्चात काठमाडौँ फर्किने कार्यक्रम रहेपनि प्रतिकूल मौसमका कारण उडान रद्द भएकाले र सेफहरुको टोलीलाई १० तारिखका दिन जनकपुरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनुपर्ने अवस्थामा सडकमार्ग भएर चितवन बाँस बस्नेगरी व्यवस्था गरिएको थियो । चितवनको जंगल सफारी लजमा सञ्चालक तथा क्षेत्रीय होटल एसोशिएसन चितवनका पूर्व अध्यक्ष सूमन घिमिरेले स्वागत तथा आवास व्यवस्थापनमा सहयोग गरेका थिए ।

अप्रिल १० तारिखका दिन विहान सिरहाको कर्जनास्थित सेफ सन्तोषसाहको घरमा उहाँको आमासँग मिथिला परिकार पकाउने तथा सो कार्यक्रमको डकुमेन्टी छाँयांकन समेत गरिएको थियो । त्यसपछि सेफ टोलीले जानकी मन्दिरको दर्शन भ्रमण गरे । जनकपुर उद्योग वाणिज्य संघको सभा हलर्मा मिथिला कुजिन एन्ड रेसिपीज’ शीर्षकमा आयोजित पाटा युवा प्रोफेस्नल सेफ कम्पिटिसनमा निर्णायक मण्डलको भूमिकामा रहनु भएका बीबीसी मास्टर शेफहरुले विद्यार्थीहरूले प्रदर्शन गरेको पाककला, मिथिला खाना र प्रस्तुतीकरण सीपहरूको मूल्याङ्कन गर्दै प्रशंसा समेत गरे । प्रतियोगितामा पूर्वी नेपाल (प्रदेश १) मा अवस्थित पाटा नेपाल च्याप्टरका सदस्य कलेजहरूमा अध्ययनरत २१ युवा होटेल म्यानेजमेन्ट विद्यार्थीहरू को सहभागिता रहेको थियो ।

११ अप्रिलमा नाथममा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मास्टरसेफहरुले नेपाल भ्रमण गरी यहाँको पाककला, खानपिन र संस्कृतिको प्रवद्र्धनमार्फत देशको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पुग्ने बताउँदै आयोजक तथा मास्टरसेफ टोलीहरुलाई विशेष सम्मानसहित धन्यवाद ज्ञापन गर्नुभयो ।

अप्रिल १२ तारिखका दिन पाटाद्धारा गेट कलेजमा ‘फाइनडाइनिङ्ग प्रोग्राम वीथ मास्टर सेफ’ कार्यक्रम आयोजना गरियो जहाँ चारै मास्टरसेफहरुले विविध नेपाली मौलिक खानाका परिकारहरुलाई अति आकर्षक, कलात्मक, स्वादिष्ट तथा सन्तुलित आहारको रुपमा आमन्त्रित अथितिहरुसमक्ष पस्केका थिए । उक्त कार्यक्रमको छाँयांकन एक विशेष डकुमेन्टीमा समेत समावेश हुने भएको छ, जसले नेपालको गन्तव्य प्रवद्र्धनमा विशेष मद्दत पुग्नेछ ।

१३ अप्रिलमा सगरमाथाको आधार शिविर कालापत्थरमा आयोजना गरिने पूर्वनिर्धारित कुकिङ्ग तथा प्रवद्र्धनात्मक कार्यक्रम लुक्लाको प्रतिकूल मौसमका कारण उडान रद्द हुँदा स्थगित भएको थियो ।

अप्रिल १४ तारिखका दिन नेपाली परिकारलाई विश्वभरी चिनाएका सेफ सन्तोष साहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुप्रबल जनसेवाश्री पदक प्रदान गर्नुभएको थियो । मास्टरसेफटोली नेपालफुड ब्लगरसँग काठमाडौँका विभिन्न पर्यटकीय क्षेत्र आसपासका स्थानीय मौलिक खानाहरुको अवलोकन, अन्वेषण एवम् प्रवद्र्धनात्मक गतिविधिहरुमा आवद्ध भए । त्यसैदिन ललितपुरको झम्सिखेलस्थित ग्रामिण महिलाहरुद्धारा सञ्चालित द भिलेज क्याफे को आमन्त्रणमा सेफहरु विशेष नेवारी भोजमा संगलग्न भए ।

अप्रिल १५ तारिखका दिन बर्दिया भ्रमणका क्रममा नेपालगञ्ज एयरपोर्टमा पर्यटन तथा होटल व्यवस्थापनमा आवद्ध स्थानीय विद्यार्थी तथा ब्यक्तित्वहरुले सेफ टोलीलाई स्वागत गरे भने बर्दियाको डल्ला कम्युनिटी होमस्टेमा पुग्दा थारु समुदायले स्वागत गरेका थिए । डल्ला कम्युनिटी होमस्टेद्धारा आयोजित परिचयात्मक अन्तरक्रियामा सहभागी हुनुका साथै सेफ टोलीले वाइल्ड स्पेसिज हन्टिङ, थारुको मौलिक खाना घुँगी, जंगली निगुरोको साग, असारे, पालुंगो खोज तथा संकलन गरी स्थानीय थारु समूदायसँग मिलेर कुखुराको मासु, ढिक्री, घुँगी, खरिया, अण्डी राईसलगायतका खानाका परिकारहरु पकाए र पाककलाको आधारभूत उपायहरुसमेत आदन प्रदानगरेका थिए । साँझ थारु नृत्य तथा संस्कृतिक कार्यक्रमसँगै रात्रीभोज आयोजना गरिएको थियो ।

भोलीपल्ट १६ अप्रिलका दिन चिसापनी भ्रमण तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र वाइल्ड लाईफ सफारीको आयोजना गरिएको थियो । सेफहरुले वाइल्ड स्पाइसेस हन्टिङ, वाइल्ड फ्रुट्स टेस्टिङ तथा तीनको पाककलासँग सम्भाव्य उपयोगिताबारे अन्र्तक्रियासहित भ्रमण गरेका थिए । सोही साँझ नेपालगञ्ज फर्किदा सिद्धार्थ ग्रुप अफ होटल ले सेफ टोलीलाई स्वागत तथा आथित्यःसत्कार प्रदान गरेका थिए ।

१७ अप्रिलका दिन नेपाल पर्यटन बोर्डले सेफहरुको आगमन र नेपाल भ्रमणले नेपाली पकवान तथा पर्यटनलाई थप टेवा पु¥याएकोमा प्रसंशा गर्दै मास्टर सेफहरुलाई सम्मान गरेको थियो । तत्पश्चात मास्टर सेफहरु सेफ एसोशिएसनद्धारा आयोजित युवा सेफ प्रतियोगितामा निर्णायक मण्डलको भूमिकामा सहभागी भएका थिए । मास्टरसेफ टोलीको नेपाल भ्रमण द्धारिका होटलमा आयोजित कृष्णाअर्पण रात्री भोजसहित सुसम्पन्न भएको छ ।